ad ad

राजनीति


उपप्रधानमन्त्री खड्काले पनि रोके यूएई भ्रमण

उपप्रधानमन्त्री खड्काले पनि रोके यूएई भ्रमण

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार ११:३७, काठमाडौँ

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म गर्ने भनिएको संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमण स्थगन गरेका छन्। 

यूएईको दुबईमा आयोजना हुने १८औँ दुबई एयरशो, २०२३ मा भाग लिन यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा उपप्रधानमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएई जाने कार्यक्रम थियो।

यसका लागि यही कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणको स्वीकृतिसमेत दिइसकेको थियो। 

तर यही कात्तिक १७ गते शुक्रबार राति जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प गई ठूलो मात्रामा जनधन क्षति भएपछि उद्धार तथा राहतमा सक्रिय भएकाले उपप्रधानमन्त्री खड्काले भ्रमण स्थगन गरेको रक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

‘भूकम्प गएपश्चात् जाजरकोट र रुकुमपश्चितलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएको र प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनालगायतका काममा उपप्रधानमन्त्री खड्का स्वयम् निरन्तर क्रियाशिल रहनुभएकालबे यस विषम परिस्थितिमा वैदेशिक भ्रमणमा जान उपयुक्त नहुने निष्कर्षसहित यूएई भ्रमण रद्द गरिएको हो’, विज्ञप्तिमा उल्लेख छ। 

यसअघि राष्ट्रपति रामचन्द्र पाैडेलले पनि युरोप भ्रमण स्थगन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .