नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल मंगलबार चीन जाने भएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेपाल नेतृत्वको १५ सदस्यीय टोली चीन भ्रमणमा जाने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
सोमवार बसेको नेकपा(एकीकृत समाजवादी)को सचिवालय बैठकमा नेता नेपालको चीन भ्रमणबारे जानकारी गराइएको थियो।
बैठकले पार्टीको महाधिवेशन माघ महिनामा काठमाडौंमा गर्ने पनि तय गरेको छ।
यस्तै, एकीकृत समाजवादीले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ।
513
Shares

प्रतिक्रिया