ad ad

राजनीति


प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

फाइल तस्बिर


नेपालखबर
कात्तिक २०, २०८० सोमबार १७:१८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच सोमबार भेटवार्ता भएको छ।

दुईजनाबीच नेपालमा गत शुक्रबार गएको भूकम्पपछिको विपत्ति तथा अन्य समसमायिक र राजनीतिकि विषयमा कुरा भएको बालुवाटार स्रोतले जनाएको छ। 

चिनियाँ राजदूत सोङले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार गएको भूकम्पबाट भएको क्षतिबारे प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए।

राजदूत सोङले भूकम्प प्रभावितका लागि चीनले आवश्यक राहत सहयोग पठाउने प्रतिबद्धता जनाए।

चीनले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुम पश्चिमसहितका लागि १० करोडको राहत सामग्री दिने घोषणा गरिसकेको छ।

तर उक्त राहत सामग्री नेपाल आइपुग्न भने समय लाग्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .