नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कात्तिक १९ (आइतबार) बिहान १० बजेका लागि बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसमिति पदाधिकारी एवं सदस्यहरूलाई आमन्त्रण गरिएको छ। बैठकको एजेन्डाबारे खुलाइएको छैन।
69
Shares
प्रतिक्रिया