ad ad

राजनीति


शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सबै दलबीच सहकार्य आवश्यक छ : मन्त्री शर्मा

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सबै दलबीच सहकार्य आवश्यक छ : मन्त्री शर्मा

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १२:२१, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रकृयालाई टुंगोमा पुर्याउन सबै दलबीच सहकार्य आवश्यक रहेको बताएकी छन्।

बिहीबार दाङको घोराही उपमहानगरपालिका ११ जीतपुरका सहिद परिवारसङ्गको भेटमा उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबै दलले सहकार्य गर्नुपर्नेमा जोड दिएकी हुन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन जाहेर गरेको प्रतिबद्धताले शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने संभावना बढेको उनको भनाई छ। शर्माले महासचिव गुटेरेसले संघीय संसद्‌मा राखेको धारणा मुलुकका लागि महत्त्वपूर्ण रहेको बताइन्।

सरकारले सत्य निरुपण तथा मेल मिलाप आयोग मार्फत शान्ति प्रकृयाका बाँकी काम टुंगोमा पुर्‍याउने तयारी गरिरहेको भन्दै मन्त्री शर्माले शान्ति प्रकृयाको कामलाई पूर्णता दिन सबै दल एकमत हुनुपर्ने बताइन्।

‘अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रकृयाका बाँकी कामलाई  नजिकबाट हेरिरहेका छन्, यो बिषयलाई छिटोभन्दा छिटो हलगरि नेपालमा स्थायी शान्ति स्थापना गर्नुपर्छ,’ उनले भनिन्।

नेपाल सरकारकी प्रवक्ता समेत रहेकी शर्माले सरकारले पहिलोपटक सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने र फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउनु सहिदप्रतिको सच्चा समान्न भएको बताइन्।

राजपत्रमा प्रकाशित हुन छुटेका सहिदहरुको नाम थप्ने बिषयमा सरकारले काम गरिरहेको जानकारी दिदै उनले सबै दलको सहमतिमा द्वन्द्वपीडितलाई न्याय दिने बताइन्।

भेटमा सहिद परिवारले गाउँको बाटोघाटो र खानेपानीको समस्या हल गर्न मन्त्री शर्मालाई आग्रह गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .