ad ad

कला


प्रकाश सपुतको डेब्यु फिल्म ‘परदेशी २’ को विशेष शोमा पुगे- मन्त्री किराँतीदेखि झाँक्रीसम्म

प्रकाश सपुतको डेब्यु फिल्म ‘परदेशी २’ को विशेष शोमा पुगे- मन्त्री किराँतीदेखि झाँक्रीसम्म

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १२:२८, काठमाडौँ

असोज २६ गतेबाट प्रदर्शनरत प्रकाश सपुत डेब्यू फिल्म ‘परदेशी २’ ले दर्शकको राम्रो साथ पाइरहेको छ। प्रदर्शनको तेस्रो सातामा रहेको फिल्मको बुधबार विशेष शोमा मन्त्रीदेखि नेतासम्मले पुगेका छन्। 

फिल्म हेरिसकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले फिल्म आफूलाई मन परेको बताएँ। साथै उनले चलचित्र सन्देशमूलक रहेको भन्दै अरुलाई पनि हेर्न आग्रह समेत गरे।

एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफूले देखेका कुरालाई नै चलचित्रले उठान गरेकाले फिल्म निकै मन परेको बताइन्। ‘मलाई कथाले एकदमै मन छोयो। कथावस्तु, प्रस्तुति, अभिनय सबै राम्रो छ। चलचित्रमार्फत धेरै ठूलो सन्देश समेत दिएको छ,’ उनले भनिन्।

फिल्म हेर्न पुगेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पनि चलचित्र अत्यन्तै राम्रो बनेको प्रतिक्रिया दिइन्। ‘समग्रमा चलचित्र अत्यन्तै राम्रो बनेको रहेछ। यसले नेपाली समाजको विशेष गरी लोक संस्कृतिको पनि राम्रो जागरण गरेको रहेछ। मलाई अत्यन्तै धेरै खुशी लाग्यो’ गौतमले भनिन। साथै चलचित्र हेरिरहँदा खुशी खोज्ने चाहानाले विदेशिएका आफ्ना साथीहरुलाई धेरै सम्झिएको समेत उनको भनाई थियो। 

नेकपा एमालेका सांसद ठाकुर गैरेले फिल्मले आमाबुवा र विदेशिएका सन्तानबीचको सम्बन्ध देखाएको सुनाएँ। ‘बुवाआमा र सन्तानबीचको माया, विदेशमा बस्नेहरुले कस्तो जीन्दगी भोगिरहेका छन् भन्ने कुरालाई समेत चलचित्रले देखाएको छ’, उनले भने।

विशेष शोमा निर्देशक नारायण रायमाझी, निर्माता राजेश वंशल, अभिनेत्री केकी अधिकारी लगायतको उपस्थित थियो। यस फिल्ममा प्रकाश र केकीका साथै वर्षा शिवाकोटी, रमा थपलिया, प्रशान्त तामाङ, दिलीप रायमाझीलगायतको अभिनय छ। रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको फिल्म भोलिबाट चौथौं सातामा प्रवेश गर्देछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .