ad ad

राजनीति


एमाले-चियापानमा सरिक हुन च्यासल पुगे प्रधानमन्त्री प्रचण्ड

एमाले-चियापानमा सरिक हुन च्यासल पुगे प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
कात्तिक १५, २०८० बुधबार १४:५२, काठमाडौँ

नेकपा (एमाले)ले आयोजना गरेको चियापानमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ च्यासल पुगेका छन्।

एमालेले दसैँ, तिहार, नेपाल संवत् र छठ लगायतका पर्वका अवसर पारेर आज (बुधबार) पार्टी कार्यालय च्यासलमा चियापान कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा विभिन्न दलका शीर्ष नेतालाई निम्ता गरिएको छ। शीर्ष नेताहरू चियापानमा सरिक हुने क्रम जारी छ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यसअघि नै च्यासल पुगिसकेका छन् भने अन्य दलका शीर्ष नेता पनि आउने क्रममा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .