ad ad

राजनीति


क्यानडाका लागि राजदूतमा परराष्ट्र सचिव पौड्याल सिफारिस

क्यानडाका लागि  राजदूतमा परराष्ट्र सचिव पौड्याल सिफारिस

फाइल तस्बिर : परराष्ट्र सचिव भरतराज पौड्याल


नेपालखबर
कात्तिक ४, २०८० शनिबार ८:४९, अटवा, क्यानाडा

सरकारले क्यानडाका लागि नेपाली राजदूतमा परराष्ट्र सचिव भरतराज पौड्याललाई नियुक्ति सिफारिस गर्ने निर्णय गरेको छ।

हिजो बसेको  मन्त्रिपरिषद्‌ बैठकले पौड्याललाई राजदूत सिफारिस गरेको परराष्ट्र मन्त्रालय स्रोतले नेपालखबरलाई जानकारी दियो।

पौड्यालको नियुक्ति सिफारिसबारे  सरकारले औपचारिक घोषणाचाहिँ गरिसकेको छैन।

अब सरकारले उनको नाममा क्यानडासँग लिखित सहमति माग्नेछ। सो सहमतिपछि राष्ट्रपतिले उनको नियुक्तिको घोषणा गर्नेछन्।

यसपछि राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ खाएर पौडेल जिम्मेवारी सम्हाल्न क्यानडा आउने छन्। 

अक्टोबर ९, २०२० मा परराष्ट्र सचिव नियुक्त पौड्याल चाडै अवकाश पाउँदै छन्।

उनी पाकिस्तानका लागि पूर्वनेपाली राजदूतसमेत हुन्। इस्लमावादबाट फर्केपछि उनले परराष्ट्र प्रवक्ताको जिम्मेवारी निर्वाह गरेका थिए। 

गत अप्रिलमा तत्कालीन राजदूत भृगु ढुंगाना गत चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्केसँगै अटवास्थित नेपाली दूतावासमा राजदूत पद रिक्त थियो। ढुंगाना फर्केपछि परराष्ट्र उपसचिव रोजिना ताम्राकारले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिरहेकी थिइन्। 

गत जुलाई दोस्रो साता सरकारले रिक्त रहेका न्युयोर्क, जेनेभा, थाइल्यान्ड, कुवेत, फ्रान्स र यूएईमा परराष्ट्रका ६ सहसचिवलाई राजदूत नियुक्तिको सिफारिस गरेको थियो।

तर क्यानडा खाली थियो।

त्यसबेला परराष्ट्र सचिव पौड्याल राष्ट्रसंघका लागि न्युयोर्कस्थित नेपाली स्थायी प्रतिनिधि नियुक्ति सिफारिस गर्ने चर्चा थियो।

तर सरकारले परराष्ट्र सहसचिव लोकबहादुर थापालाई सो पदमा नियुक्ति गर्‍यो। उनले एक महिनाअघि न्युयोर्क पुगेर कार्यभार सम्हालिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .