राजनीति


बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गरौँ : मुख्यमन्त्री जम्मकट्टेल

बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गरौँ : मुख्यमन्त्री जम्मकट्टेल

फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०८० शनिबार ९:०, काठमाडौँ

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताएका छन्। 

माओवादी केन्द्रले शुक्रबार भक्तपुरको मध्यपुरथिमिमा गरेको दसैँ शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री जम्मरकट्टेलले बागमती प्रदेशको नाम र राजधानी दुबै अनुपयुक्त भएको दाबी गरे। 

‘प्रदेशको नाम बागमती कायम भएकोप्रति धेरै जनता खुसी छैनन्,’ मुख्यमन्त्री जम्मकट्टेलले भने, ‘प्रदेश राजधानी पनि हेटौँडा अपायक भयो।’

प्रदेशसभामा आफूले अन्तिम समयसम्म प्रदेशको नाम नेवा–ताम्सालिङ नै हुनुपर्छ भनेर अडान लिए पनि त्यतिबेला सम्भव हुन नसकेको उनले बताए।

‘प्रदेशको नाम बागमती परिवर्तन गरेर नेवा–ताम्सालिङ नै राखिनुपर्छ, प्रदेश राजधानी हेटौँडामा अपायक छ, प्रदेशको एउटा कुनामा छ, चितवन र मकवानपुरबाहेक अरु ११ जिल्लालाई पायक पर्दैन,’ उनले भने, ‘सबैलाई पायकपर्ने गरी प्रदेश राजधानी धुलिखेलनै राखिनुपर्छ, उपयुक्त समय आएपछि राजनीतिक सहमतिबाटै राजधानी र नाम दुबै परिवर्तन हुन्छ र त्यो प्रदेशसभाको अधिकार पनि हो।’
    

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .