राजनीति


नेकपामा पार्टी एकता र समृद्धिको पक्षमा पाँच महिने अभियान प्रस्ताव

नेकपामा पार्टी एकता र समृद्धिको पक्षमा पाँच महिने अभियान प्रस्ताव

नेपालखबर
माघ १५, २०७६ बुधबार ९:५८,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वबाट पार्टीमा पाँच महिने अभियान शुरु गर्ने प्रस्ताव गरिएको छ।

पार्टी एकता र समृद्धिको पक्षमा साे राष्ट्रिय अभियानको समयावधि ५ महिनाको हुनेछ। ‘उक्त अभियान फागुन १ गते सुरु भई असार मसान्तमा सम्पन्न हुनेछ। २०७७ सालको साउन महिनामा अभियानको समिक्षा गरिनेछ,’ अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा सो प्रस्ताव गरिएको हो।

बुधबार राष्ट्रिय सभागृहमा शुरु भएको दोश्रो पूर्ण बैठकमा दुई अध्यक्षका तर्फबाट प्रचण्डले सो प्रतिवेदन पेश गरेका हुन्।

ncp cc members

अभियानको नेतृत्व केन्द्रीय सचिवालयले गर्ने जनाइएको छ। ‘प्रदेशमा प्रदेश कमिटीले, जिल्लामा जिल्ला कमिटीले र पालिकामा सोहि स्तरका कमिटीले नेतृत्व गर्नेछन्। केन्द्र, प्रदेश र जिल्ला कमिटीका तर्फबाट अभियानलाई प्रभावकारी बनाउनका लागि आवश्यकता अनुसार सहजकर्ताहरु तोकिने छ,’ प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ।

सो अनुसार २०७६ फागुन १ देखि १५ सम्ममा प्रदेश, जिल्ला र स्थानीय कमिटीहरुले आआफ्ना बैठक बसी अभियानको कार्ययोजना बनाउन प्रस्ताव गरिएको छ।

prtebedan-1.jpg

 

prtebedan-4_1.jpg

prtebedan-5_1.jpg

prtebedan-6_1.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad