राजनीति


यतीसँगको सम्झौता कानुनसम्मतः प्रधानमन्त्री ओली

यतीसँगको सम्झौता कानुनसम्मतः प्रधानमन्त्री ओली

नेपालखबर
माघ १५, २०७६ बुधबार ९:३०,

प्रधानमन्त्री केपी शर्मा ओलीले यती होल्डिङसँग नेपाल ट्रष्टका जग्गा र सम्पत्ति भाडामा लगाउने कार्य कानुनसम्मत भएको जिकीर गरेका छन्।

नेकपा केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले हालका सम्झौता र नवीकरण कानूनसम्मत तथा बजार मूल्यअनुकूल रहेको दाबी गरेका हुन्। यो कार्य विगतदेखि नै शुरु भएको उल्लेख गर्दै उनले बर्तमान सरकारले गरेको सम्झौता कानुनसम्मत रहेको बताएका हुन्।

बैठकमा प्रधानमन्त्री ओलीले सरकारले चौतर्फी विकास गरेको भन्दै विकास भएन भन्नेहरुलाई जवाफदिनुपर्ने बताए।

सरकारका दुई वर्षका उपलब्धिबारे अवगत गराउँदै उनले त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको, टनेल बोरिङ मेशिनबाट भेरी बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ छेडिएको, अन्तरराष्ट्रिय विमानस्थलहरुको निमार्णमा तीव्रताका साथै अन्य विमानस्थलको व्यवस्थापन शुरु भएको र संघीय संसद् भवनलगायत राष्ट्रिय आवासहरुको निर्माण शुरु भएको बताए।

नेपाल–भारतबीच ४०० केभी प्रसारण लाइन निर्माण शुरु भएको, जनता आवास कार्यक्रम लागू भएको, मेलम्ची खानेपानी आयोजना यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी शुरु गरिएको, २२८ स्वास्थ्य भवन बनेको, भूकम्पपछिको पुनःनिर्माणले असाधारणरुपले गति लिएको र ७५३ पुरातात्विक सम्पदामध्ये ३८७ सम्पदा पुनःनिर्माण सम्पन्न भएको जनाए।

उनले विद्यालयमा समयमै निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने प्रबन्ध भएको, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार गरिएको र स्वास्थ्य बीमा कार्यक्रम विस्तार भएको बताउँदै कर्मचारी र श्रमिकको पारिश्रमिक वृद्धि गरिएको, विद्युतीय सुशासन लागू र फोरजी सेवा विस्तार गरिएको, काठमाडौँका सडकमा बेसहारा रहेका व्यक्तिलाई उद्धार गरिएको र खेल क्षेत्रमा प्रोत्साहन गरिएको अवगत गराए।

उनले नयाँ कानून निर्माण भइरहेको, संघीय कार्यान्वयनका लागि विभिन्न काम भएको, वित्तीय संघीयता कार्यान्वयनमा ल्याइएको र भ्रष्टाचार न्यूनीकरण शुरु भएको पनि बैठकलाई जानकारी गराए। यसैगरी प्रधानमन्त्री ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारसँगै अन्य मुलुकसँगको सम्बन्ध विस्तार र सगरमाथा संवाद आयोजनाको तयारी हुनुले मुलुकमा लगानी र पर्यटन वृद्धि भई समृद्धिका लागि सहयोग पुग्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad