राजनीति


राेकिएका ४ विधेयक सभामुखद्वारा प्रमाणिकरण

राेकिएका ४ विधेयक सभामुखद्वारा प्रमाणिकरण

नेपालखबर
माघ १५, २०७६ बुधबार ८:४८,

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसदले पारित गरेका चार विधेयक बुधबार प्रमाणित गरी राष्ट्रपति कार्यालय समक्ष पठाएका छन्।

सापकोटाले नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयक २०७५, प्रहरी समायोजन विधेयक २०७५, भूमीसम्बन्धी आठौं संशोधन विधेयक २०७५ र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विधेयक २०७५ प्रमाणित गरि राष्ट्रपति कार्यालय शितलनिवास पठाएको सभामुखको सचिवालयले जनाएको छ।

सापकोटा संसदको प्रतिनिधि सभाबाट आइतबार निर्वाचित भई सोमबार सपथ तथा पदभार ग्रहण गरेका हुन्।

तत्कालिन सभामुख कृष्णबहादुर महराकै कार्यकालमा पारित भएका ती विधेयकहरु प्रमाणित हुन नसक्दा संसद सचिवालयमैं रोकिएका थिए।

संसद सचिवालयमैं कार्यरत् एक महिलाले बलात्कार प्रयास गरेको आरोप लगाएपछि महराले ती विधेयक प्रमाणित गर्न समेत नगर्दै राजिनामा दिएका थिए।

सभामुख वा राष्ट्रिय सभा अध्यक्षमध्ये जुन संसदको सदनबाट उत्पत्ती भएको हो सोहि सदनको अध्यक्ष वा सभामुखले मात्र विधेयक प्रमाणिकरण गर्नसक्ने संवैधानिक प्रावधानका कारण ती विधेयकहरु अड्किएका थिए। उपसभामुखले पनि प्रमाणित गर्ने अधिकार नभएका कारण थाँती रहेका हुन्।

सभामुखबाट प्रमाणित भएपछि अब ती बिधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट समेत प्रमाणिकरण भएसँगै कार्यान्वयनमा आउनेछन्।

विधेयक प्रमाणित नहुँदा प्रहरी समायोजनसम्बन्धी प्रक्रिया अघि बढ्न सकेको थिएन। अब सो प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad