राजनीति


बाँके र सर्लाहीमा बिहान सीडीओ, साँझ प्रहरी प्रमुखको सरुवा

बाँके र सर्लाहीमा बिहान सीडीओ, साँझ प्रहरी प्रमुखको सरुवा

नेपालखबर
असोज २५, २०८० बिहिबार २१:२६, काठमाडौँ

प्रहरी प्रधान कार्यालयले दुई जिल्लाका प्रहरी प्रमुखको सरुवा गरेको छ। सर्लाही र बाँकेका प्रहरी उपरीक्षकको बिहीबार काज सरुवा गरिएको हो। 

सर्लाहीमा प्रविण धिताल र बाँकेमा सुवास बोहरालाई जिम्मेवारी दिइएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए।  

सर्लाहीमा कार्यरत नरेश सुवेदी र बाँकेका सन्तोषसिंह राठौरलाई प्रहरी प्रधान कार्यालयमा काज सरुवा गरिएको छ। 

यी दुवै जिल्लामा केही समयअघि धार्मिक तथा साम्प्रदायिक दंगा भड्किएको थियो। लामो समय कफ्र्यू जारी गरिएपछि अहिले स्थिति समान्य बनेको छ। 

प्रहरी प्रवक्ता कडायतले आवश्यकता अनुसार सरुवा गरिएको बताए। 

यसअघि बिहीबार बिहाननै गृहले सर्लाही र बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पनि सरुवा गराएको थियो। 

सर्लाहीमा कोमलप्रसाद धमला र बाँकेमा श्रवणकुमार पोखरेल खटाइएको थियो। यसअघि बाँकेमा विपिन आचार्य र सर्लाहीमा इन्द्रदेव यादव कार्यरत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad