ad ad

ग्लोबल


इजरायल–प्यालेस्टाइन युद्धसँग सम्बन्धित १६ प्रश्न र उत्तर

इजरायल–प्यालेस्टाइन युद्धसँग सम्बन्धित १६ प्रश्न र उत्तर

युद्धग्रस्त इजरायल


नेपालखबर
असोज २४, २०८० बुधबार १:२६, काठमाडौँ

प्यालेस्टिनी लडाकु संगठन हमास र इजरायलबीच गत शनिबारदेखि जारी  द्वन्द्वमा दुवै पक्षका गरी सयौंको मृत्यु भइसकेको छ।

इजरायली हमलामा हालसम्म ७७० जनाको ज्यान गएको र करिब ४१०० जना घाइते भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्।

यसैबीच इजरायलका अनुसार हमासको आक्रमणमा आफ्ना ९०० नागरिकको मृत्यु भएको छ।

प्यालेस्टाइन र इजरायलबीचको हिंसात्मक द्वन्द्वको इतिहास दशकौं पुरानो हो। दोस्रो विश्वयुद्धपछि सुरु भएको बताइएको छ।

पछिल्लो द्वन्द्वपछि इन्टरनेटमा यस मुद्दासँग सम्बन्धित विभिन्न पक्षका जवाफ खोजिएको छ। 

यहाँ तिनै प्रश्नहरूको जवाफ दिने प्रयास गरिएको छ।

गाजा के हो?

गाजा इजरायल र भूमध्य सागरको बीचमा अवस्थित भूमिको टुक्रा हो।

यो प्यालेस्टाइनका दुई भागमा विभाजित क्षेत्रमध्ये एक हो।

प्यालेस्टाइनको अर्को भागलाई वेस्ट बैंक भनिन्छ।

गाजा कहाँ छ? यो देश हो? गाजा इजरायलमा छ?
गाजा भूमध्य सागरको तटमा अवस्थित ४१ किलोमिटर लामो र १० किलोमिटर चौडा पट्टी हो।

यसको सिमाना इजिप्ट र इजरायलसँग छ।

यो कुनै देश होइन, एक क्षेत्र हो, जहाँ प्यालेस्टिनीहरू बस्छन्। 

यसको पट्टी जस्तो भौगोलिक आकारका कारण यस क्षेत्रलाई गाजा पट्टी भनिन्छ।

गाजामा कसको नियन्त्रण छ?
गाजा पट्टी सन् २००७ देखि हमासको नियन्त्रणमा छ।

उक्त लडाकु संगठनले यस क्षेत्रका प्रशासन र अन्य धेरै कुराहरू सम्हाल्छ। अर्थात् गाजामा हमासको सत्ता छ। 

गाजा कति ठूलो छ?
गाजाको क्षेत्रफल ३६५ वर्ग किलोमिटर छ। क्षेत्रफलका हिसाबले गाजा अमेरिकाको राजधानी वासिङ्टनभन्दा थोरै मात्र ठूलो छ।

गाजा कसरी र कहिले बन्यो? 
ऐतिहासिक रूपमा गाजा पट्टी ओटोमन साम्राज्यमा समावेश थियो।

सन् १९१८ पछि यो क्षेत्र ब्रिटिस साम्राज्यको नियन्त्रणमा आयो, जुन १९४८ सम्म जारी रह्यो।

त्यसपछि यो क्षेत्र सन् १९६७ सम्म इजिप्टको नियन्त्रणमा रह्यो। सन् १९६७ मा मध्यपूर्व युद्धपछि यो क्षेत्र इजरायलको नियन्त्रणमा आयो।

यसपछि सन् २००५ मा इजरायलले आफ्ना सेना र ७ हजार बासिन्दालाई यस क्षेत्रबाट फिर्ता लियो।

यो क्षेत्र सन् २००७ देखि हमासको नियन्त्रणमा छ।

छ दिन लामो मध्य पूर्व युद्ध के हो?

सन् १९६७ मा इजरायल र अरब राष्ट्रबीच ६ दिनसम्म युद्ध भयो। यस युद्धको उद्देश्य सन् १९४८ मा अस्तित्वमा आएको इजरायलको अस्तित्व समाप्त गर्नु थियो।

तर यो युद्धमा अरब राष्ट्रहरुको पराजय भयो। यो युद्धमा एकातिर इजिप्ट, सिरिया र जोर्डनजस्ता ठूला देश थिए भने अर्कोतर्फ इजरायल। तर लडाइँ इजरायलले जित्यो।

यो युद्धलाई मध्यपूर्वको नक्सा परिवर्तनको श्रेय दिइएको छ।

युद्धमा जितसँगै इजरायलले गाजा पट्टी र वेस्ट बैंकमा आफ्नो नियन्त्रण प्राप्त गर्‍यो। 

गाजा र वेस्ट बैंक एउटै हुन्?

होइन, गाजा पट्टी र वेस्ट बैंक एउटै ठाउँ होइनन्। यी दुई फरक भौगोलिक क्षेत्र हुन् जहाँ प्यालेस्टिनी मानिस बस्छन्।

वेस्ट बैंक पहिले ओटोमन साम्राज्यले कब्जा गरेको थियो। त्यसपछि यो क्षेत्र जोर्डनको नियन्त्रणमा आयो।

सन् १९६७ को युद्धयता यो स्थान इजरायलको नियन्त्रणमा छ।यसका एकातिर इजरायल र अर्कातिर जोर्डन छन्। 

गाजा किन विशेष छ?

गाजा पट्टी हमासको नियन्त्रणमा रहेको क्षेत्र हो। यस संगठनका लडाकुहरूले इजरायलविरुद्ध आक्रामक अडान लिन्छन्।

यस्तो अवस्थामा इजिप्टसँगै इजरायलले सन् २००७ देखि यस क्षेत्रमा नाकाबन्दी गरेको छ ।

इजरायल, अमेरिका, युरोपेली संघ, बेलायत र अन्य धेरै देशले हमासलाई आतंकवादी समूह मान्छन्।

तर ब्राजिल, चीन, इजिप्ट, इरान, नर्वे, कतार, रुस, सिरिया र टर्कीले भने यसलाई आतंकवादी संगठन मान्दैनन्।

प्यालेस्टाइनीहरूले गाजा क्षेत्र छाड्न सक्छन्?

इजरायल र इजिप्टले गाजा पट्टीबाट यात्रामा प्रतिबन्ध लगाएका छन्।

यस्तो अवस्थामा गाजामा बस्ने मानिसहरूलाई त्यहाँबाट बाहिर निस्कन सजिलो छैन।

इजरायली सुरक्षा बलहरूले यस क्षेत्रमा मानिसहरूको आवतजावतमा कडा निगरानी राख्छन्।

स्याटेलाइट इमेजिङ पनि अनुगमनका लागि प्रयोग गरिन्छ।

इजिप्टले पनि कहिलेकाहीँ आफ्नो सिमानामा निगरानी बढाउँछ।

तस्करहरूले गाजा र इजिप्टको सीमानामा धेरै सुरुङहरू पनि बनाएका छन् जसबाट मालसामान र मानिसहरूको अवैध ओसारपसार गरिन्छ।

गाजाको जनसंख्या कति हो? 
गाजा विश्वको सबैभन्दा सघन जनसंख्या भएको क्षेत्र हो।

अमेरिकी गुप्तचर एजेन्सी सीआईका अनुसार यस क्षेत्रको जनसंख्या २० लाखभन्दा बढी छ।

यसमा १४ वर्षसम्मका बालबालिकाको संख्या कूल जनसंख्याको ३९.७५ प्रतिशत छ।

त्यसैगरी १५ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिको हिस्सा ५७.३४ प्रतिशत छ भने ६५ वर्षभन्दा माथिका व्यक्तिको संख्या २.९१ प्रतिशत छ।

गाजामा हमासका कति लडाकु छन्?


यसबारे कुनै ठोस जानकारी उपलब्ध छैन।

इजरायलले गाजा नियन्त्रण गर्छ?
इजरायलले गाजा पट्टीमा नाकाबन्दी गरेको छ। यो क्षेत्र हमासको नियन्त्रणमा छ।

गाजामा अपहरण गरिएका मानिसहरूलाई कहाँ राखिएको छ?
अहिलेसम्म प्राप्त जानकारी अनुसार इजरायलका अपहरणमा परेका मानिसहरूलाई गाजामा निर्मित आन्तरिक सुरुङमा राखिएको छ। तर, यसबारे स्पष्ट जानकारी उपलब्ध छैन।

इजरायलले गाजामा आक्रमण गर्छ? 
हमासको आक्रमणपछि इजरायलले गाजा पट्टीमा हवाई आक्रमण जारी राखेको छ।

यस हमलामा हालसम्म सयौंको मृत्यु भइसकेको छ।

वेस्ट बैंकमा को बस्छन्?
इजरायल नियन्त्रित क्षेत्र वेस्ट बैंकमा प्यालेस्टिनी बस्छन्। 

प्यालेस्टिनी प्राधिकरण के हो?
प्यालेस्टिनी प्राधिकरण ओस्लो सम्झौता अन्तर्गत १९९३ मा गठन भएको थियो।

यसको उद्देश्य गाजा पट्टी र वेस्ट बैंक क्षेत्रमा पाँच वर्षका लागि सीमित स्वशासन प्रदान गर्नु थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .