नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा न्यूनीकरणका लागि तीनै तहका सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गर्न जरुरी रहेको बताएका छन्।
शुक्रबार पार्टी मुख्यालय सानेपामा पार्टीको नीति प्रतिष्ठानले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनको लागि पार्टीले तीन तहको सरकारको लागि स्पष्ट कार्ययोजना बनाई प्रदेश र स्थानीय तहमा पठाउने समेत जानकारी दिए।
उनले प्रदेश तथा स्थानीय तहमा नेपाली कांग्रेसको नेतृत्व वा प्रतिनिधित्व रहेकाले कार्ययोजना कार्यान्वयनमा समस्या नहुने तथा संघीय सरकारसमक्ष पनि पार्टीका सांसदमार्फत ध्यानाकर्षण गराउने बताए।
24
Shares

प्रतिक्रिया