राजनीति


इजरायलमा १० नेपाली मारिएपछि रास्वपाले गर्‍यो सोमबारका सबै कार्यक्रम रद्द

इजरायलमा १० नेपाली मारिएपछि रास्वपाले गर्‍यो सोमबारका सबै कार्यक्रम रद्द

नेपालखबर
असोज २१, २०८० आइतबार २२:२२, काठमाडौँ

हमासको आक्रमणमा परी इजरायलमा १० नेपालीको निधन भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि (सोमबार) का लागि निर्धारित सबै कार्यक्रम रद्द गरेको छ।  

रास्वपा सभापति रवि लामिछानेले इजरायलमा १० जना निर्दाेष नेपाली मारिएको खबरले स्तब्ध भएको उल्लेख गर्दै शोकमा भोलिका लागि तय गरिएका पार्टीका सबै कार्यक्रम स्थगन गरिएको जानकारी दिएका हुन्। 

‘इजरायलमा भएको आतंककारी हमलामा  परी निर्दोष नेपालीहरूले अनाहकमा ज्यान गुमाउनु परेको दुःखद  खबरले स्तब्ध छु’, आइतबार राति सामाजिक सञ्जालमार्फत लामिछानेले भनेका छन्, ‘शोकको यो दुःखद घडीमा  भोलिका लागि तय भएका पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गरिएको जानकारी गराउँदछु।’

यस क्रममा उनले हमलामा परी घाइते भएका नेपालीहरूको उपचार, बेपत्ताहरूको खोजी, सुरक्षित स्थानान्तरण एवं स्वदेश फिर्ता प्रक्रियामा सरकारले कत्ति पनि विलम्ब नगरोस् भन्ने अपिल पनि गरेका छन्। 

उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट पनि गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad