ad ad

राजनीति


इजरायलका नेपालीको जीवन रक्षा र उद्धार गर्न कांग्रेसको आग्रह

इजरायलका नेपालीको जीवन रक्षा र उद्धार गर्न कांग्रेसको आग्रह

नेपालखबर
असोज २१, २०८० आइतबार १७:४०, काठमाडौँ

नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरूको उद्धार तथा स्वदेश फिर्ता ल्याउने व्यवस्थाका लागि सरकारसँग आग्रह गरेको छ।

सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति प्रकाशित गरी इजरायलका विभिन्न स्थानहरूमा भएको आक्रमणमा परी नेपालीहरू घाइते भएका र केही नेपालीलाई कब्जामा लिइएको घटनाप्रति गहिरो चिन्ता प्रकट गरेका छन्।

इजरायलमा बसोबास गर्दै आएका नेपालीहरूको एकिन तथ्याङ्क पत्ता लगाउन, उनीहरूको जीवन रक्षा गर्न, तत्काल सुरक्षित स्थानमा पुर्याउनका साथै आवश्यक उद्धार गर्न र स्वदेश फर्काउन अविलम्व कूटनीतिक पहल गर्न कांग्रेसले सरकारसँग माग गरेको छ।

यस्तो छ विज्ञप्ति
असोज २१, २०८०
इजरायलमा नेपालीहरूको उद्धार तथा स्वदेश फिर्ता ल्याउने व्यवस्थाका लागि हार्दिक आग्रह
मित्रराष्ट्र इजरायलका विभिन्न स्थानहरूमा भएको आक्रमणमा परी करीब एक दर्जन घाइते र आक्रमणकारीबाट केही नेपालीलाई कब्जामा लिइएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ र यस घटनाको भर्त्सना गर्दै गहिरो चिन्ता प्रकट गर्दछ।   

इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको एकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा र उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पुर्याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्व कुटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ।

त्यसैगरी इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन (आइओएम), अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत सम्वद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग नेपाली कांग्रेसका तर्फबाट हार्दिक आग्रह गर्दछु। साथै अप्ठ्यारोमा परेका नेपालीहरूले आवश्यक सहयोगका लागि इजरायल स्थित नेपाली दूतावास एवं नेपाली जनसम्पर्क समितिमा सम्पर्क गर्नु हुन आह्वान गर्दछु।

जय नेपाल
शेरबहादुर देउवा
सभापति

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .