ad ad

राजनीति


कोशी प्रदेश : सभामुख भएर गठबन्धनलाई मत दिने गौतमले गरे पश्चाताप

कोशी प्रदेश : सभामुख भएर गठबन्धनलाई मत दिने गौतमले गरे पश्चाताप

नेपालखबर
असोज २१, २०८० आइतबार ९:५८, काठमाडौँ

कोशी प्रदेश सभाका पूर्वसभामुख बाबुराम गौतमले कोशी प्रदेशमा भइरहेको राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गरेका छन्। 

सरकार ढाल्ने र नयाँ बनाउने राजनीतिक दुश्चक्रको कारण कोशी प्रदेश सभाकै भविष्य अन्योलपूर्ण बनिरहेको बेला गौतमले सामाजिक सञ्जलामा कोशी प्रदेश अस्थिरता, अराजकता र अनिश्चित भविष्यको बाटोमा लागेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। 

सरकार गठनको लागि गठबन्धनलाई बहुमत जुटाइदिन छँदाखाँदाको सभामुखबाट राजीनामा दिएर राजनीति विकृतिको सुरुवात गरेको आरोपसमेत यतिबेला गौतम खेपिरहेका छन्। 

विगतमा सभामुखको कुर्सीमा बसेर सरकार गठनको लागि गठबन्धनलाई मत दिएका गौतम राजनीतिक दुश्चक्रममा परेर कोशीको सभामुख र आर्थिक योजनामन्त्रीसमेत गुमाएका पात्र हुन्। 

विगतमा सभामुखको कुर्सीमा बसेर गठबन्धनलाई मत दिएकोप्रति उनले अहिले आएर घुमाउरो ढंगले पश्चाताप गरेका छन्। 

‘खै के गरियो? अस्थिरता, अराजकता र अनिश्चित भविष्यको बाटामा मेरो प्रदेश,’ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिने घोषणा गरेपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्। 

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले शनिबार राजीनामा दिने घोषणा गरेपछि त्यहाँ नयाँ सरकार गठन कसरी हुन्छ, अन्योलपूर्ण अवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .