ad ad

कोशी


कोशीमा उपधारा ५ अनुसार सरकार गठनको आह्वान, असोज २६ भित्र दाबी पेस गर्नुपर्ने

कोशीमा उपधारा ५ अनुसार सरकार गठनको आह्वान, असोज २६ भित्र दाबी पेस गर्नुपर्ने

नेपालखबर
असोज २०, २०८० शनिबार २०:४, काठमाडौँ

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन्। उनले शनिबार साँझ संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन्। 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुखले पाँच दिनको समय दिएर सरकार गठनको आह्वान गरेका हुन्।

आगामी असोज २६ गते अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले बताए।

प्रदेश सभाका कुनै सदस्यले बहुमत प्राप्त गर्न सक्ने आधार पेस गरे प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने संविधानको धारा १६८ को उपधारा ५ मा उल्लेख छ। 

यसअघिका मुख्यमन्त्री कार्की उपाधारा ३ अनुसार सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .