ad ad

राजनीति


पार्टीभित्र निर्वाचनमा नजाऔँ, आफ्नै साथीको मन दुख्छ : ओली

पार्टीभित्र निर्वाचनमा नजाऔँ, आफ्नै साथीको मन दुख्छ : ओली

नेपालखबर
असोज १९, २०८० शुक्रबार १८:१७, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न पार्टीको उपत्यका विशेष प्रदेश कमिटीलाई निर्देशन दिएका छन्।

विपक्षी र सञ्चार माध्यामहरुले प्रदेश अधिवेशनहरुमा लडे, भिडे भन्ने खालको गलत सन्देश प्रवाह गरेको दाबी गर्दै ओलीले उपत्यका विशेष प्रदेशले भने सर्वसम्मतिमै नेतृत्व चयन भयो भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए।

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनलाई शुक्रवार उद्घाटन गर्दै उनले कुरा मिलेन भने स्वस्थ प्रतिष्पर्धा गर्नुस् भनेर आफूले प्रदेश अधिवेशनहरुमा भनेको कुरालाई नसुनेको भन्दै सञ्चार माध्यमप्रति पनि गुनासो गरे।

ओलीले भने, ‘मैले के अपेक्षा गरेको छु भने–उपत्यका विशेषले जस्तो विभिन्न हाम्रा विपक्षीहरुले हाम्रा अधिवेशनहरुको सन्दर्भमा टिकाटिप्पणी गर्न पाएका छन एकोहोरो खालको। अर्को प्रकारको टिकाटिप्पणी गर्ने मौका यस अधिवेशनले देओस्। अहिलेसम्म लडे, भिडे भन्ने सन्देश प्रवाहित गरेको छ। यस अधिवेशनले सर्वसम्मति गरेर डमोक्रेसी नै भएन भन्ने त्यो मौका पनि दिऊ विपक्षीहरुलाई। यसबाट त्यो सुरु गरौं भन्ने म आग्रह गर्न चाहन्छु। कुरा मिलेन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस् त भनेकै छ हामीले सबै ठाउँमा। तर, त्यो चाहिँ सञ्चार माध्यामहरुले सुन्दो रहेनछ। त्यो हाम्रा विपक्षीहरुले सुन्दा रहेनछन्।’

उनले आफ्नै साथीको मन दुख्ने भएकाले पनि निर्वाचनबाट भन्दा सर्वसम्मतीमै नेतृत्व चयन गर्न उपयुक्त हुने तर्क समेत गरे। कसैको पनि मन नदुखाईकन नेतृत्व चयन हुनु भनेको सबैभन्दा उत्तम भएको ओलीको भनाई थियो। उनले निर्वाचनको नाममा कतिपय ठाउँमा अनुचित काम भएको निष्कर्ष निकाल्दै त्यसो नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

उनले भने, ‘यहाँ प्रतिस्पर्धा जितेर पनि के–के न ठूलो कुरो पाईने होइन। फेरि सबैले जित्ने होइन। एउटाले जित्छ। अर्काले हारेपछि मन पनि दुख्छ। सहमती गर्यो भने मन दुख्दैन। मन नदुखाईकन अगाडि बढने काम सबभन्दा राम्रो हो नि त। किन मन दुखाउने ? उठेपछि मन दुख्दो रहेछ। यसो म ठाउँठाउँमा हेर्छु। मन दुख्दो रहेछ साथीहरुको। उठेपछि जित्नका लागि अलिक कतिपय ठाउँमा जसोतसो अभ्यास गरेको पनि देखिन्छ। त्यस्तो पनि नगरौं।’

अध्यक्ष ओलीले आफूले पार्टीको प्रदेश अधिवेशनहरुमा नेतृत्व चयन गर्नका लागि कुनैपनि खालको निर्देशन नदिएको पनि दोहोर्याए।

   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .