हङकङको नर्थ प्वाइन्टस्थित एक अपार्टमेन्टमा आगलागी भएको छ।
इलेक्ट्रिक रोडस्थित सिटी गार्डेन ब्लक १ को माथिल्लो तलामा आगलागी भएको हो।
शुक्रबार दिउँसो भएको उक्त घटनामा एक महिलालाई धुवाँले निस्सासिएको अवस्थामा उद्धार गरिएको थियो।
असहज महसुस गरेकी उनलाई उपचारार्थ पूर्वी अस्पताल लगिएको छ।
वृद्ध महिलालाई धुवाँले निसास्सिएको अवस्थामा उद्धार गरिएको थियो
आगलागीपछि भवनको झ्यालबाट धुवाँ र आगोको मुस्लो निस्किएको थियो।
खबर पाउनासाथ आएका अग्निनियन्त्रकले वाटर जेटको सहायताबाट तुरुन्तै आगोलाई नियन्त्रणमा लिएका थिए।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।
183
Shares
प्रतिक्रिया