पूर्वउपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले पार्टीले दिएको जिम्मेवारीअनुसार अब पार्टीको पुरानै काममा फर्कने बताएकी छन्।
दोलखा आएकी पूर्वउपसभामुख तुम्बाहाङ्फेले आज चरिकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभामुखमा राजीनामा दिएसँगै अब पार्टीले दिएको जिम्मेवारीअनुसार पार्टीको काममा लाग्ने बताइन्।
आफू उपसभामुख रहँदा पार्टीको गतिविधिमा सहभागिता नभए तापनि लामो समयदेखि पार्टीको विभिन्न जिम्मेवारी लिइ काम गरेको अनुभव रहेको र पुनः पार्टीले दिएको जिम्मेवारीअनुसार आफू काम गर्न तयार रहेको उनले बताइन्। रासस
3
Shares
प्रतिक्रिया