ad ad

समाज


साढे दुई केजी सुनसहित ५ जना पक्राउ

साढे दुई केजी सुनसहित ५ जना पक्राउ

नेपालखबर
माघ १३, २०७६ सोमबार १४:४३,

रसुवागढी नाकाबाट अवैध तरिकाले नेपाल भित्र्याइएको सुन बरामद भएको छ। पाँच टुक्रा बरामद गरिएको सुनको मूल्य रु एक करोड ६० लाख रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।

सुन ल्याइँदै गरेको सुराकीका आधारमा सीमा प्रहरीचौकी टिमुरेले ना १ ज ३५४२ नंको टाटासुमो जीप खानतलास गरी घटृेखोलाबाट बरामद गरेको बताइएको छ। साढे दुई केजी सुनमध्ये एक केजी चालकले कम्मरमा बाँधेको र डेढ केजी चालकको सिटमुनि लुकाइएका अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा चालक तुलानारायण श्रेष्ठ, सिन्धुपाल्चोक भोटेकोशीका नवाङनुर्पु तामाङ, ग्याल्जेन शेर्पा, सुब्बा लामा, सुवास तामाङ र साङ शेर्पा रहेको प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीले बताए। अभियुक्तलाई सदरमुकाम ल्याउने तयारी भइरहेको र घटनाबारे मंगलबार पत्रकार सम्मेलन गरिने जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .