राजनीति


परराष्ट्र नीतिमा देशै एक हुनुपर्छः प्रधानमन्त्री ओली

परराष्ट्र नीतिमा देशै एक हुनुपर्छः प्रधानमन्त्री ओली

नेपालखबर
असार १४, २०७६ शनिबार ५:१०,

प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र नीतिका सम्बन्धमा सिंगै देश एक हुनुपर्ने बताएका छन्।

मुलुकले अवलम्बन गर्नुपर्ने परराष्ट्र नीतिबारे साझा दृष्टिकोण तयार पार्ने उद्देश्यले सरकारले पहलोपटक आज (शनिबार) काठमाडौंमा आयोजना गरेकाे राष्ट्रिय संवाद कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेक हुन्।

उनले भने, ‘परराष्ट्र नीतिमा सिंगै देश एक हुनुपर्छ, एउटै भाषा बोल्नुपर्छ।’

प्रधानमन्त्री ओलीले नेपाल कसैसँग हेपिन नचाहने बताए। सार्वभौम समानताका आधारमा अन्य राष्ट्रसँग सम्बन्ध विकास गर्ने सरकारको लक्ष्य रहेको उनकाे भनाइ छ।  
उनले भने, ‘हाम्रो सार्वभौमिकतालाई कसैले अन्डर माइन्ड गरेको हामीलाई महसुस गर्न नपरोस्।’

यस्तै प्रधानमन्त्री ओलीले विदेशी ऋण सरकारको प्राथमिकतामा नरहेको बताउँदै लगानीको आवश्यकता रहेको बताए। उनले भने, ‘लगानी आकर्षित गर्नुपर्छ।’

 

राजनीतिले स्थिरिता दिएकाे भन्दै अब सबै प्रयास आर्थिक विकासमा लगाउनुपर्ने प्रधानमन्त्री ओलीकाे भनाइ छ। उनले भने, ‘अनुदानमा धेरै आकर्षित हुनपर्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad