कास्कीको पोखरा महानगरपालिकाको २५ नम्बर वडा कार्यालयमा चोरी भएको छ।
हेम्जास्थित वडा कार्यालयको मेनगेटको ताला फोरेर सचिवको कार्यकक्ष र प्रशासन कोठाका गरी तीन थान कम्प्युटर चोरी भएको प्रहरीले जनाएको छ।
शनिबार बिहान खबर पाउनेबित्तिकै बगरस्थित वडा प्रहरी कार्यालयबाट टोली घटनास्थल गई अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ।
घटनास्थल वडा प्रहरी कार्यालयबाट अन्दाजी ७ किलोमिटर उत्तर पर्छ।
3
Shares

प्रतिक्रिया