राजनीति


कार्यकर्ताबाटै सभापति चुन्ने व्यवस्था राख्नुपर्छ : नेता पौडेल

कार्यकर्ताबाटै सभापति चुन्ने व्यवस्था राख्नुपर्छ : नेता पौडेल

नेपालखबर
असोज १४, २०८० आइतबार १९:२, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कार्यकर्ताले केन्द्रीय सभापति आफैँ चुन्न खोजेको हो भने सोही अनुसारको व्यवस्था गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित १४औं महाधिवेशनको म्याण्डेट र पार्टी रुपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा बोल्दै उनले सो कुरा बताएका हुन्। 

उनले कार्यकर्ताले पार्टीको नेतृत्वले प्रत्यक्षमा वा समानुपातिकमा जसलाई टिकट दिन्छ, त्यसलाई सधैँभर थोपर्छ, अन्याय गर्छ भन्ने लाग्ने हो भने पार्टीभित्र प्राइमरी इलेक्शनको व्यवस्था गर्नुपर्ने पनि बताए। 

‘नेपाली कांग्रेसका सबै कार्यकर्ताले अब आफ्नो केन्द्रीय सभापति आफैँ चुन्न खोजेका हुन् भने हामीले त्यही अनुसारको व्यवस्था गर्न सक्नुपर्छ। नेपाली काँग्रेसका कार्यकर्ताले पार्टीको नेतृत्वले प्रत्यक्षमा वा समानुपातिकमा जसलाई टिकट दिन्छ, त्यसलाई सधैँभर थोपर्छ अन्याय गर्छ, भन्ने लाग्ने हो भने पार्टीभित्र प्राइमरी इलेक्शन अन्तरपार्टी प्राइमरी इलेक्शनको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘पार्टीका आम कार्यकर्ताले चुनेको मतदान गरेर चुनावमा उठ्न योग्य छ भन्ने व्यक्तिमात्रै उम्मेदवार हुन पाउनुपर्छ। यसको मतलव पार्टीलाई मासवेस पार्टीमा रुपान्तरण गर्नुपर्छ। यो क्याडरवेस पनि पार्टी होइन, हामीले व्यवहार जुन गरिरहेका छौँ। जुन अभ्यास गरिरहेका छौँ।’

पार्टीका आम कार्यकर्ताले चुनेको मतदान गरेर चुनावमा उठ्न योग्य छ भन्ने व्यक्तिमात्रै उम्मेदवार हुन पाउनुपर्ने उनको भनाइ थियो। पार्टीलाई मासवेस पार्टीमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता भएको बताए। 

‘हामी खुलापनमा विश्वास गर्छौं। त्यसकारण नेपाली कांग्रेस पार्टी सबै हिसावले मासवेस पार्टी हो। संसारमा मासवेस पार्टीको सदस्यताको प्रकार हुन्छ? हाम्रो पार्टी मासवेस पार्टी हो भने त्यो पार्टीको सदस्यता एउटा प्रकारको मात्रै हुन्छ। हामीले एकै प्रकारको सदस्यता बनाएर नेपाली कांग्रेसका सदस्यहरू देशभर २० लाख भए ३० लाख सदस्यले मतदान गरेर केन्द्रिय सभपति चुन्ने व्यवस्था हामीले किन नगर्ने? व्यक्तिको विवेकले गरेको निर्णय सधैँ न्यायपूर्ण हुँदैन कतै न कतै खोट हुन्छ,’ उनले भने।

एकै प्रकारको सदस्यता बनाएर जम्मा सदस्यहरुले केन्द्रिय सभापति चुन्ने व्यवस्था गर्न आवश्यक रहेको पनि बताए। नेता पौडेलले कांग्रेसलाई मासवेस पार्टीका रुपमा रुपान्तरित गर्न जरुरी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad