ad ad

राजनीति


जहाँका प्रधानमन्त्री नै पत्नी हत्यामा मुछिए...

जहाँका प्रधानमन्त्री नै पत्नी हत्यामा मुछिए...

नेपालखबर
माघ १२, २०७६ आइतबार १५:१२,

लेसोथो नेपालमा खासै सुनिएको मुलुक होइन। २२ लाख जनसंख्या भएको दक्षिण अफ्रिकाद्वारा वरिपरिबाट घेरिएको अधिराज्य हो यो।

यहाँका प्रधानमन्त्री र उनकी पत्नी हत्या अनुसन्धानमा तानिएका छन्।

८० वर्षे प्रधानमन्त्री थोमस थाबाने र उनकी ४२ वर्षे वर्तमान पत्नी मेसिया थाबाने दुवै अहिले थोमसकी पहिली पत्नी लिपोलेलो थाबानेको हत्या अनुसन्धानमा मुछिएका छन्।

लिपोलेलो सन् २०१२ देखि नै पतिबाट अलग्गै बस्दै आएकी थिइन्। २०१७ मा ५८ वर्षे लिपोलेलोको हत्या भयो। साँझमा घर फर्किंदै गर्दा उनको बाटो छेकेर अनेकौँ गोली प्रहार गरिएको थियो। त्यसको दुई दिनपछि थोमसले प्रधानमन्त्रीको शपथ लिएका थिए।

अज्ञात समूहले उनको हत्या गरेको बताइएको थियो। तर, अहिले आएर प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदनले अनेकौँ प्रश्न उठाएको छ।

लेसोथोका प्रहरी कमिस्नरले प्रधानमन्त्री थाबानेलाई लेखेका छन्, ‘हत्याको घटना भएको स्थानबाट एउटा सेल फोनमा कुराकानी भएको खुल्न आएको छ। र, त्यो सेलफोन तपाईंको हो।’

प्रधानमन्त्री पत्नी मेसिया भने दुई सातादेखि बेपत्ता छिन्। उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

हत्या गरिएकी लिपोलेलो र प्रधानमन्त्रीबीच सम्बन्धविच्छेद पनि टुंगिएको छैन।

संवैधानिक राजतन्त्रात्मक व्यवस्था रहेको लेसोथोको क्षेत्रफल ३० हजार ३५५ वर्ग किमि छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .