ad ad

समाज


लक्षण देखिनुअघि नै सर्न सक्छ कोरोना भाइरस

लक्षण देखिनुअघि नै सर्न सक्छ कोरोना भाइरस

नेपालखबर
माघ १२, २०७६ आइतबार १५:३४,

चीनमा ५६ जनाको ज्यान लिइसकेको कोरोना भाइरसबाट संक्रमित व्यक्तिमा लक्षण नदेखिएपनि यो अन्य व्यक्तिमा सर्नसक्ने बताइएको छ।

आइतबार पत्रकार सम्मेलन गर्दै चिनियाँ स्वास्थ्यमन्त्री मा स्याओवेइले संक्रमितमा लक्षण देखिनुअघि नै यो भाइरस सर्नसक्ने जानकारी दिए।

यसको अर्थ यो भाइरस अत्यन्त संक्रामक भएको चिकित्सकहरुले बताएका छन्।

नेपालमा २८ पुसमा चीनबाट फर्केका एक बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले लक्षण नदेखिएको भन्दै डिस्चार्ज गरेको छ।

उनको नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो। शुक्रबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो।

सरुवा रोग अस्पतालका चिकित्सकहरुले भने ती व्यक्तिमा कुनै लक्षण नदेखिएकाले डराउन नपर्ने तर्क गरेका छन्।

कुनै पनि रोगको लक्षण नदेखिए त्यस्ता बिरामीलाई अस्पतालबाट घर पठाउने अभ्यास छ। तर, कोरोना भाइरसले त्यसमा प्रश्न उठाएको छ।

यो पनि :

कोरोना भाइरसको परीक्षण नेपालमै, निःशुल्क उपचार गरिने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .