ad ad

समाज


सिरहाबाट ११ जुवाडे पक्राउ

सिरहाबाट ११ जुवाडे पक्राउ

शैलेन्द्र महताे
माघ १२, २०७६ आइतबार १५:६,

सिरहामा जुवाको खालबाट प्रहरीले ११ जुवाडेलाई पक्राउ गरेको छ। सिरहाको मिर्चैया नगरपालिका ६ कटारी चौकमा तास खेलिरहेको अवस्थामा शनिवार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पक्राउ पर्नेमा सिरहा मिर्चैया नगरपालिका ६ बस्ने २७ वर्षका नरेश झा, २६ वर्षका जितेन्द्र साह, २४ वर्षका सुरजकुमार साह, वडा नं. ८ बस्ने २४ वर्षका मनोज यादव, २५ वर्षका राजाराम साह छन्।

यस्तै वडा नं. ३ बस्ने वर्ष २३ का सरोजकुमार चौधरी, वडा नं. ५ का २६ वर्षीय बिनोदकुमार साह, वर्ष ३६ का बिनोद साह, वडा नं. ४ का २९ वर्षीय जितेन्द्र साह, वडा नं. २ का २५ वर्षीय श्रवणकुमार साह र कल्याणपुर नगरपालिका ९ का ३९ वर्षीय श्यामसुन्दर साह रहेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

उपरीक्षक चतुर्वेदीका अनुसार उनीहरूको साथबाट ९६ हजार २ सय ९० रुपैयाँ, भारतीय ४ हजार ८० रुपैयाँ र तास ३ सेट समेत बरामद भएको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटेका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .