ad ad

राजनीति


कांग्रेसले १८ वटा शिक्षक संगठनसँग छलफल गर्दै

कांग्रेसले १८ वटा शिक्षक संगठनसँग छलफल गर्दै

नेपालखबर
असोज ८, २०८० सोमबार २१:३, काठमाडौँ

सत्ता साझेदार दल नेपाली कांग्रेसले आन्दोलनमा रहेका सबै शिक्षक संगठनहरूसँग छलफल गर्ने भएको छ। मंगलबार सिंहदरबारमा विभिन्न संगठनका प्रमुखहरूलाई कांग्रेसले छलफलका लागि बोलाएको हो। 

मंगलबार पार्टी संसदीय दलको कार्यालयमा कांग्रेसले १७ वटा शिक्षक संगठनलाई बोलाएको हो। छलफल बिहान १० बजेबाट सुरु हुने बताइएको छ। 

यही असोज ५ गते सरकारसँग सहमति गरेका शिक्षक महासंघ र असन्तुष्ट रहँदै आन्दोलनरत राहत शिक्षक केन्द्रीय समितिसहितलाई कांग्रेसले बोलाएको हो। 

राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तर अगाडि बढाइरहेपछि कांग्रेसले उनीहरूका माग र समाधानका उपायहरुबारे बृहत् छलफलको तयारी गरेका हुन्। 

उक्त छलफलका लागि संघीय संसद्‍को शिक्षा तथा प्रविधि समितिमा रहेका नेपाली कांग्रेसका सांसदहरुलाई पनि झिकाइएको छ।

सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरु आन्दोलित भएका थिए। यसअघि शिक्षक महासंघसँग केही सहमति भए पनि राहत शिक्षक, ईसीडी र विद्यालय कर्मचारीहरु अहिले पनि आन्दोलित छन्।

उक्त छलफलमा कांग्रेस पदाधिकारी र संसदीय दलका सचेतक रमेश लेखकसहितका नेताहरू सहभागी हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .