राजनीति


सबैको ध्यान अग्नितिर, अग्निको ध्यान प्रधानमन्त्रीतिर (भिडियाे)

सबैको ध्यान अग्नितिर, अग्निको ध्यान प्रधानमन्त्रीतिर  (भिडियाे)

नेपालखबर
माघ १२, २०७६ आइतबार ११:११,

ज्येष्ठ सदस्यको रुपमा सभामुखको भूमिकामा रहेका राजपा नेता महन्थ ठाकुरले अग्निप्रसाद सापकोटा सभामुख निर्वाचित भएको घोषणा गर्नासाथ आडैमा रहेकी पूर्वसभामुख ओनसरी घर्तिमगरले सापकोटालाई खादा लगाइदिन्छिन्।

सापकोटा भने सबैभन्दा पहिले अर्को छेउमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न त्यसतर्फ जान खोज्छन्।

agani 22

त्यसबीच उनी बधाई दिन चाहने धेरै सांसदहरुको घेराबन्दीमा पर्छन्। अग्रपंक्तिमा रहेका वरिष्ठ नेताहरु नै उनलाई बधाई दिन दोड्दै पुग्छन्।

ओनसरी पछि पूर्वसभामुख सुवास नेम्वाङले हात मिलाउन भ्याउँछन्। नजिकै पुगेका देव गुरुङले हात तन्काएपछि पनि हात मिलाउन पाउँदैनन्।

agani 33

प्रधानमन्त्रीतर्फ अलिकति अगाडि बढेका सभामुख सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खादासहित अगाडि  आएपछि उनी रोकिन्छन्।

त्यसलगत्तै नेकपा नेता तथा पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनालले बधाई दिन अगाडि बढेपछि पहिले प्रधानमन्त्रीलाई भेट्न चाहेको संकेत गर्दै उनी त्यसतर्फ लम्किन्छन्।

घेरामा पर्दा पनि उनको ध्यान र आँखा भने प्रधानमन्त्री ओलीतर्फै थियो। केही सा‌ंसदहरुका हात पन्छाउँदै सापकोटा ओलीतर्फ लम्किन्छन्।

आफ्नो सिटबाट उठिसकेका प्रधानमन्त्रीलाई भेटेर धन्यवाद दिँदै एकछिन कुराकानी गरेपछि नेपाली कांग्रेसका अघिल्लो पंक्तिका नेताहरु र अन्य सांसदबीच पुग्छन्। त्यसपछि सभाहलभित्रै उनीसँग सेल्फी खिच्न चाहने सा‌ंसदहरुको लर्को लाग्छ।

सापकोटा आफू अन्य सांसदहरुको भीडमा रहँदा प्रधानमन्त्री संसदबाट बाहिरिने संभावना देखेर उनलाई पहिले भेट्न हतारिएको अवस्थामा देखिन्थे। 

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच लामो रस्साकस्सीपछि सभामुखमा आफ्नो नाममा सहमति जुटेर सभामुख चयन भएपछि प्रधानमन्त्री ओलीसँग निकै सन्तुलन मिलाएर अघि बढ्नुपर्ने अवस्थामा छन्, सापकोटा।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad