ad ad

राजनीति


मुलुकलाई संकटबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्छ : ईश्वर पोखरेल

मुलुकलाई संकटबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्छ : ईश्वर पोखरेल

नेपालखबर
असोज २, २०८० मंगलबार १९:२८, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले मुलुकलाई संकटबाट जोगाउनका लागि आफ्नो पार्टीले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन्।

मंगलबार जनकपुरमा आयोजित ‘संविधान निर्माणमा कमरेड सुवासचन्द्र नेम्वाङको भुमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले देशलाई दुरावस्थाबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्ने बताएका हुन्। 

वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको अवस्थालाई बदल्नका लागि २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी एमालेले तयारी गरिरहेको पनि बताए। उनले आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टीको ध्येयलाई आत्मासात गर्दै एकतावद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। 

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका अधिवेशनहरुलाई एकतावद्ध भएर सम्पन्न गर्न सिंगो पार्टी पंक्तिलाई आह्वान समेत गरे।

‘देशलाई दुरावस्थाबाट जोगाउनका लागि एमाले एक्लैले बहुमत प्राप्त गर्नुपर्छ। त्यो तयारीमा लाग्नुपर्ने जरुरी छ। त्यसका लागि एमालेले अघि सारेका विचारहरुमा तलमाथि होइन। एमालेले अघि सारेका विचारहरुमा दृढतापूर्वक उभिनुप¥यो,’ पोखरेलले भने, ‘विचारहरू कमजोर ढंगले समाउने, विचारहरूको पक्षमा नउभिने अनि कमजोर ढंगले त्यो विचारलाई लिने हो भने हामी पार्टी बनाउन सक्दैनौं। मिसन  २०८४ पु¥याउन सक्दैनौं। त्यसकारण एमालेको मिसन २०८४ पु¥याउनका लागि जरुरत के हो भने एमालेले अगाडि सारेका विचारहरू जुन हुन, त्यो विचारहरूलाई हामीले दह्रोसँग समाउनुपर्ने हुन्छ। यही बलियो बनाउने हिसाबमा हाम्रो अधिवेशनहरू हुँदैछन्। यसलाई व्यवस्थित ढंगले अघि बढाउनुपर्छ। एमाले एक्लैले बहुमत प्राप्त नगरुन्जेल देशको स्थितिलाई बदल्न सकिँदैन। देशको अवस्था बदल्न सकिँदैन।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेता नेम्वाङलाई संविधान निर्माण र राष्ट्रिय राजनीतिमा देखिएको संकट समाधानका नेताको रुपमा चित्रण गरे। 

ठूलो दबाबका बीच पनि नेपालको संविधान जारी हुनुमा स्वर्गीय नेता नेम्वाङको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .