समाज


बैतडीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

नेपालखबर
माघ ११, २०७६ शनिबार ८:१०,

बैतडीको सिन्केलेकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा ट्याक्टर चालक कैलालीको धनगढी उपमहानगरपालिका–६ मनहेरा का २६ वर्षीय दीलकुमार चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले महाकाली राजमार्गअन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा गएराती से २ त ९०१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।

सतबाँझबाट खोचलेकतर्फ गइरहेको ट्याक्टर सडकबाट करिव २५ मिटर तल खसेको शनिबार बिहान थाहा भएको र दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad