ad ad

राजनीति


चीन भ्रमणमा नतिजामुखी योजनामात्रै अघि बढाउन प्रधानमन्त्रीलाई विज्ञको सुझाव

चीन भ्रमणमा नतिजामुखी योजनामात्रै अघि बढाउन प्रधानमन्त्रीलाई विज्ञको सुझाव

नेपालखबर
भदौ २४, २०८० आइतबार २०:१७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणलाई लिएर पूर्व परराष्ट्रसचिव र पूर्वराजदुतहरुले दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन सुझाव दिएका छन्।

आइतबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री दाहाललाई विज्ञहरुले यस्तो सुझाव दिएका हुन्। उनीहरूले दुई देशको बीचमा परम्परागत रुपमा घनिष्ठ सम्बन्ध रही आएको र दुवै देशको सम्बन्धलाई सुदृढ गर्नका लागि डेलिभरेभल (नतिजामुखी) र भाएबल (व्यवहारिक) प्रोजेक्टहरु मात्रै अघि बढाउन सुझाव दिएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बताए। 

उनले चीनका चिन्ता चासोहरूलाई सम्बोधन गर्नेगरी भ्रमणलाई सार्थक बनाउन विज्ञहरूले सुझाएको बताए।

‘प्रधानमन्त्रीज्युले पूर्वपरराष्ट्र सचिवहरु, राजदुतहरुसँग आसन्न चीन भ्रमणका सन्दर्भमा सल्लाहका लागि बोलाउनुभएको थियो। त्यसमा आउनुभएका पूर्वसचिवहरु र राजदुतज्युहरुले दुई देशको बीचमा परम्परागत रुपमा घनिष्ठ सम्बन्ध रही आएको, दुवै देशको सम्बन्धलाई सुदृढ गर्नका लागि डेलिभरेभल र भाएबल प्रोजेक्टहरु कार्यक्रमहरु मात्रै राखेर एजेण्डा मात्रै राखेर अघि बढ्दा उपयुक्त हुने, दुई देशबीचको सम्बन्ध सुमधुर रही आएको र त्यसलाई निरन्तरता दिने कुरामा बढी जोड दिन र चीनका चिन्ता चासोहरुलाई सम्बोधन गर्नेगरी भ्रमणलाई सार्थक बनाउन सुझाव दिनुभएको छ। प्रधानमन्त्रीज्युले सुझावलाई महत्वका साथ लिनुभएको छ,’ साउदले भने।

प्रधानमन्त्री दाहालले आज बिहान राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीसँग पनि आसन्न विदेश भ्रमणबारे सुझाव लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .