ad ad

ग्लोबल


१९औं एसियाडको टर्च र्‍याली ११ सहरमा परिक्रमा गराइँदै

१९औं एसियाडको टर्च र्‍याली ११ सहरमा परिक्रमा गराइँदै

नेपालखबर
भदौ २४, २०८० आइतबार २०:२२, काठमाडौँ

चीनको हानझाउमा शहरमा आयोजना हुने १९ औं एसियाडको १५ दिनको काउन्ट डाउनसँगै गत शुक्रवारबाट टर्च र्‍याली यात्रा पनि सुरु भइसकेको छ।

चीनको पूर्व क्षेत्र झेजियाङ प्रान्तस्थित हानझाउ शहरबाट उक्त टर्च र्‍याली सुरु भएको हो। 

एसियाडको आयोजकको अनुसार उक्त झेजियाङ प्रान्तका ११ शहर हुझु, जियाजिङ, साउझिङ, निङ्बो, झौसान,ताइझाउ, वेनझाउ, लिसुइ, जिनहुवा र कुझाउ हुँदै पुनः हानझाउमा नै उक्त टर्च र्‍याली आइपुग्नेछ। 

सो टोली आगामी सेप्टेम्बर २० मा टर्च ¥याली लिएर उद्घाटन हुने स्थान हानझाउ पुग्नेछ। सो टर्च र्‍यालीमा १४ वर्षदेखि ८४ वर्षसम्म दुई हजारभन्दा बढी टर्चबाहक हुनेछन्। एसियाडमा काँस्य विजेता बक्सर दीपक महर्जनले पनि सो टर्च बोक्नेछन्।

आगामी सेप्टेम्बर २३ मा हानझाउ शहरमा १९औं एसियाडको एक औपचारिक भव्य समारोहका बीच उद्घाटन हुँदैछ। सो एसियाडमा ४५ राष्ट्रका १२ हजार ५० खेलाडीले चुनौती प्रस्तुत गर्दैछन्। 

नेपालको तर्फबाट भने २९ खेलमा दुई २३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। 

नेपालले एसियाडका लागि सेफ दी मिसन राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र डेपुटी सेफ दी राखेपमा बोर्ड सदस्य अञ्जन धमलालाई बनाउने तयारी गरिरहेको छ।

आगामी भदौ २८ गते राखेपको बोर्ड बैठकपश्चात नेपाल ओलम्पिक कमिटीको प्रतिनिधिसहित सेफ दी मिसनको टोली चीन जाने तयारीमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .