नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेश सरकारमा देखिएको समस्या समाधानका लागि आफ्नो पार्टीसँग गुहार मागिरहेको दाबी गरेका छन्।
गत बिहीबार सर्वोच्च अदालतको आदेशअनुसार नेपाली कांग्रेसबाट कोशी प्रदेशका मुख्यमन्त्री रहेका उद्धव थापालाई पदच्युत भएका छन् भने नेकपा एमालेका नेता हिक्मत कार्की पुनः मुख्यमन्त्री बनेका छन्। उनले पनि अब विश्वासको मत लिनुपर्नेछ।
आज (शनिबार) पार्टी निकट ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यही अवस्थालाई संकेत गर्दै आफ्नो पार्टीसँग सहयोग मागिरहेको दाबी गरेका हुन्।
‘नेपालको राजनीतिमा हाम्रो पार्टीको विशेष भूमिका छ। सबैले हामीसँग आशा गरिरहेका हुन्छन्। कतै समस्या भयो हाम्रो पार्टीलाई खोज्छन्’, पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भने, ‘अहिले कोशी प्रदेशमा समस्या खडा भएको छ। हाम्रा साथीको पछि लागेको लाग्यै छन्। मिलौं न मिलौं न, सँगै जाउँ न भनिरहेका छन्। यसको महत्त्व र उपयोगिता देखेर न हो।’
Shares
प्रतिक्रिया