ad ad

ग्लोबल


भारतमा जी२० शिखर सम्मेलन सुरु, अफ्रिकन युनियन बन्यो सदस्य

भारतमा जी२० शिखर सम्मेलन सुरु, अफ्रिकन युनियन बन्यो सदस्य

सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई स्वागतका क्रममा भारतीय प्रधानमन्त्री मोदी।


नेपालखबर
भदौ २३, २०८० शनिबार १३:२२, काठमाडौँ

भारतको नयाँ दिल्लीमा जी२० शिखर सम्मेलन सुरु भएको छ।

भारत मण्डपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी अतिथिहरूलाई स्वागत गरे। उद्घाटन मन्तव्यमा प्रधानमन्त्री मोदीले मोरक्कोको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।

उनले दुःखको यस घडीमा भारत मोरक्कोको साथमा रहेको र जनतालाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

शिखर सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्रीले अफ्रिकन युनियनलाई  जी–२० को स्थायी सदस्य बनाउने प्रस्ताव राखे। र, अध्यक्षको हैसियतमा प्रधानमन्त्री मोदीले सो प्रस्ताव पास गर्नेबित्तिकै अफ्रिकन युनियनका प्रमुख अजली असोमानीले मोदीलाई अँगालो हाले।

चीन र युरोपेली संघले पनि भारतलाई जी २० मा अफ्रिकन युनियन समावेश गर्न समर्थन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .