ad ad

राजनीति


कर्मचारीको साथबिना सरकारले प्रभावकारी काम गर्न सक्दैन : प्रधानमन्त्री

कर्मचारीको साथबिना सरकारले प्रभावकारी काम गर्न सक्दैन : प्रधानमन्त्री

२० औँ निजामति सेवा दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड


नेपालखबर
भदौ २२, २०८० शुक्रबार १०:१३, काठमाडौँ

प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले सरकारको काममा कर्मचारी प्रशासनको साथ र सहयोग आवश्यक रहेको बताएका छन्।

२० औँ निजामती सेवा दिवसका अवसरमा शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सुशासन र सामाजिक न्यायको पक्षमा सरकारको काम गरिहेको बताए। 

‘सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित सरकारले काम गरिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारको यो लक्ष्य प्राप्तीको अभियानमा कार्मचारीको साथ र सहयोग महत्वपूर्ण छ।’

संघीय निजामति सेवा विधेयक छिट्टै संसदबाट पारित हुने विश्वास पनि उनले व्यक्त गरे। सबै दलको सहमतिमा चाँडै संसदबाट विधेयक पारित हुने प्रचण्डले बताए।

मुलुकको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सुशासन र सामाजिक न्यायको पक्षमा सरकारको काम गरिहेको भन्दै प्रचण्डले यसमा यसमा कर्मचारीको सम्पूर्ण साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए।

सरकारले संविधानको मूल मर्म र भावनालाई आत्मसाथ गरेर काम गरिरहेको दाबी पनि उनले गरे। ‘सरकारको कामले जनताको निरासालाई चिर्दै गएको छ,’ उनले भने।

निजामति सेवा ऐनलाई राजनीतिक परिवर्तनअनुसार परिमार्जन गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे। ‘हामी राजनीतिक रुपमा तटस्थ निजामति सेवाको विकास गर्ने पक्षमा छौँ,’ प्रचण्डले भने, ‘संसदमा प्रस्तुत विधेयकमा त्यस्तो व्यवस्था गरिएको छ।’ 

उनले संसदमा पेश भएको संघीय निजामित सेवा विधेयकमा हाल कायम ट्रेड युनियन अधिकारको व्यवस्थामा कुनै पनि परिमार्जन नगरिएको बताए।

उनले कर्मचारी प्रशासनलाई प्रभावकारी बनाउन भविष्यमा दण्ड र पुरस्कारको व्यवस्थालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .