ad ad

राजनीति


टीआरसी विधेयकबारे प्रतिवेदन पेश गर्न संसदीय उपसमितिलाई सात दिन म्याद थप

टीआरसी विधेयकबारे प्रतिवेदन पेश गर्न संसदीय उपसमितिलाई सात दिन म्याद थप

नेपालखबर
भदौ १९, २०८० मंगलबार १७:५३, काठमाडौँ

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरी प्रतिवेदन पेश गर्न गठित उपसमितिको म्याद ७ दिनका लाथि थप गरिएको छ।

मंगलवार बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले सो उपसमितिको म्याद ७ दिनका लागि थप गरेको हो। उपसमितिले थप गरिएको समयसीमाभित्र पनि कार्यसम्पादन गर्न नसकेपछि पुनः समयसिमा थप गरिएको हो।

त्यसैगरी बैठकले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको अध्ययन गर्नका लागि पनि उपसमिति बनाएको छ। सो उपसमितिलाई १५ दिनको समयसिमा दिइएको छ।

उपसमिति सदस्यहरु भने दलीय आधारमा प्रतिनिधित्व हुनेगरी दलसँग नाम मागेर चयन गरिने समिति सभापति बिमला सुवेदीले बताइन्।

समिति सदस्यहरुले दुवै उपसमितिले आफूले पाएको समयसिमा भित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .