ad ad

समाज


कोशी प्रदेश सरकारविरुद्धको रिट हेर्दाहेर्दैमा, बिहीबार जवाफी बहस

कोशी प्रदेश सरकारविरुद्धको रिट हेर्दाहेर्दैमा, बिहीबार जवाफी बहस

नेपालखबर
भदौ १९, २०८० मंगलबार १८:१, काठमाडौँ

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज (मंगलबार) पनि हेर्दाहेर्दैमा राखिएको छ। 

न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसमा कोशीका मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख परशुराम खापुङविरुद्धको रिटबारे सुनुवाइ भएको हो।

सर्वोच्चको पूर्ण इजलासमा भएको सुनुवाइमा मंगलबार मुख्यमन्त्री उद्धव थापासहितका प्रतिवादीको तर्फबाट बहस भएको छ। यसअघि सोमबार निवेदकको तर्फबाट हिक्मत कार्की पक्षले बहस गरेको थियो। 

पूर्ण इजलासमा सोमबारदेखि बहस अघि बढे पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।

निवेदक र प्रतिवादीको बहसपछि आगामी बिहीबार जवाफी बहस हुने बताइएको छ। 

सोही दिन आदेश आउने सम्भावना छ। 

यो रिटलाई कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा पठाउने निर्णय भएको थियो। त्यही अनुसार सोमबार पूर्ण इजलासमा बहस अघि बढेको हो।

न्यायाधीश प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले आइतबार उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय दिएकी थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .