ad ad

राजनीति


जसपाले तोक्यो मधेस प्रदेशका जिल्ला इन्चार्ज र सह इन्चार्ज

जसपाले तोक्यो मधेस प्रदेशका जिल्ला इन्चार्ज र सह इन्चार्ज

नेपालखबर
भदौ १८, २०८० सोमबार १५:२७, काठमाडौँ

जनता समाजवादी पार्टी, (जसपा) नेपालले मधेस प्रदेश समितिका आठवटा जिल्लामा इन्चार्ज र सह इन्चार्ज तोकेको छ।

पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार सप्तरी जिल्लाको इन्चार्जमा बादलप्रसाद यादव र सह इन्चार्ज छेदी यादव, सिरहा जिल्लाको इन्चार्ज कौशलेन्द्र यादव र सह इन्चार्ज विष्णुकुमार साह, धनुषा जिल्लाको इन्चार्ज राजनारायण यादव र सह इन्चार्ज शैलेन्द्रकुमार यादव, महोत्तरी जिल्लाको इन्चार्ज अशोककुमार यादव र सह इन्चार्ज राजीवकुमार यादवलाई तोकिएको छ।

यसैगरी सर्लाही जिल्लाको इन्चार्जमा रामआशिष यादव र सह इन्चार्ज सञ्चमाया मोक्तान, रौतहटको इन्चार्ज चन्देश्वर महतो र सह इन्चार्ज राजकुमार दास, बारा जिल्लाको इन्चार्ज सिहासन सा कलवार र सहइन्चार्ज सोहन शर्मा र पर्सा जिल्लाको इन्चार्जमा अधदभूषण यादव र सह इन्चार्ज दीपक यादव रहेका छन्। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .