ad ad

राजनीति


हाम्रा गल्ती-कमजोरीका लागि आत्मालोचित हुन चाहन्छौँ, सुध्रिन चाहन्छौँ- प्रचण्ड

हाम्रा गल्ती-कमजोरीका लागि आत्मालोचित हुन चाहन्छौँ, सुध्रिन चाहन्छौँ- प्रचण्ड

नेपालखबर
भदौ १६, २०८० शनिबार १०:४९, काठमाडौँ

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज (भदौ १६ गते) देशभर एकसाथ सुरु पार्टीको तीन महिने अभियानका क्रममा जनताका घरदैलोमा पुगेर उनीहरूका कुरा/समस्या सुन्न नेता/कार्यकर्तालाई निर्देशन दिएका छन्। 

आज माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको भर्चुअल रूपमा उद्घाटन गर्ने क्रममा उनले माओवादीको जनतासँगको सम्बन्ध कमजोर भएकाले आफ्ना कमीकमजोरीप्रति आत्मालोचित हुँदै अब सुध्रिने वाचा गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन्। 

‘बिर्सनै नहुने कुरा के हो भने जनता परिवर्तनकै पक्षमा छन्। जनता समृद्धि चाहन्छन्। जनता सुशासन चाहन्छन्। अनि योसँगै हामीले जनतालाई विश्वास दिलाउनुपर्दछ– नेपाली समाजको परिवर्तन र रूपान्तरण माओवादीले नै गर्नसक्छ। माओवादीकै नेतृत्वमा मात्र समृद्ध नेपाल सम्भव छ’, निर्देशन दिँदे उनले भने, ‘तसर्थ कमरेडहरू जनतासँग हामीले भन्न सक्नुपर्छ– हाम्रा गल्ती कमजोरीका लागि आत्मालोचित हुन चाहन्छौँ। सुध्रिन चाहन्छौँ। त्यसका लागि अभियानसहित तपाईंहरूको घरदैलोमा छौँ।’   

यस सम्बन्धमा यस्तो छ प्रचण्डले भनेका पूरा कुरा
समाजवादको आधार तयार पार्न निश्चित योजनासहित सबै नेता तथा कार्यकर्ता जनतासँग जोडिएर उत्पादन कार्यमा सहभागी हुनुका साथै सामूहिक रूपमा, विचार, संस्कृति र समाजवाद निर्माणको विषयमा गम्भीर बहस छलफलको प्रक्रियाबाट अगाडि बढ्न पनि त्यत्ति नै जरुरी छ, अभियानका क्रममा हामीले सबै जनताका घरमा पुग्ने योजना निर्माण गरेका छौँ।

यसको अर्थ हामी लाखौँ जनतासम्म पुग्नेछौँ। जनताका कुरा सुन्नेछौँ। जनताको सुझाव र आलोचना ग्रहण गर्नेछौँ। हिजो अत्यन्तै भीषण संघर्षका कठिन क्षणमा हामीलाई जनताले विश्वास गरेर साथ दिएकै कारण हाम्रो आन्दोलनले सफलता प्राप्त गरेको हो। आज जनतासँगको सम्बन्ध कमजोर भएको स्थिति छ।

र, बिर्सनै नहुने कुरा के हो भने जनता परिवर्तनकै पक्षमा छन्। जनता समृद्धि चाहन्छन्, र, जनता सुशासन चाहन्छन्। अनि योसँगै हामीले जनतालाई विश्वास दिलाउनुपर्दछ– नेपाली समाजको परिवर्तन र रूपान्तरण माओवादीले नै गर्नसक्छ। माओवादीकै नेतृत्वमा मात्र समृद्ध नेपाल सम्भव छ। तसर्थ कमरेडहरू जनतासँग हामीले भन्न सक्नुपर्छ– हाम्रा गल्ती-कमजोरीका लागि आत्मालोचित हुन चाहन्छौँ। सुध्रिन चाहन्छौँ। त्यसका लागि अभियानसहित तपाईंहरूको घरदैलोमा छौँ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .