ad ad

राजनीति


जनतामा अब केही हुन्छ भन्ने आशा पलाएको छ : प्रचण्ड

जनतामा अब केही हुन्छ भन्ने आशा पलाएको छ : प्रचण्ड

‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ उद्घाटन समारोहमा मन्तव्य राख्दै प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्ड। तस्बिर : सरोज नेपाल


नेपालखबर
भदौ १६, २०८० शनिबार ९:५४, काठमाडौँ

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेका काम र यो अभियानबाट आफ्नो पार्टी देशको सबैभन्दा बलियो शक्ति बन्न सक्ने बताएका छन्। 

अध्यक्ष प्रचण्डले शनिबार बिहान पार्टी मुख्यालय पेरिसडाँडाबाट ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को भर्चुअल उद्घाटन गर्दै उनले उक्त धारणा राखेका हुन्। 

आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रो काम गरेको दाबी गर्दै उनले राजनीतिक दल र नेतृत्वप्रति जनतामा रहेको निराशालाई आशामा परिणत गराएको दाबी पनि गरे। 

‘जनतामा अब केही हुन्छ भन्ने आशाको रक्तसञ्चार गराएको छ’, उनले भने, ‘भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करी प्रकरणलगायतका घटनामा भएका निष्पक्ष छानबिनन र कारबाहीले जनतामा उत्साह आएको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .