ad ad

राजनीति


प्रदेश २ मा यसरी हुँदैछ राष्ट्रियसभा सदस्यका लागि मतदान (फोटोफिचर)

प्रदेश २ मा यसरी हुँदैछ राष्ट्रियसभा सदस्यका लागि मतदान (फोटोफिचर)

शैलेन्द्र महतो
माघ ९, २०७६ बिहिबार ६:५,

प्रदेश २ मा राष्ट्रियसभा निर्वाचनको चार सिटका लागि मतदान सुरु भएको छ।

जनकपुरधाम स्थित जिल्ला प्रहरी कार्यालयको अगाडिमा रहेको महेन्द्रनारायाण निधि सांस्कृतिक केन्द्रमा राखिएको मतदान स्थलमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो। सबैभन्दा पहिले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मतदान गरेका छन्।

आठवटै जिल्लाका मतदाता प्रदेश सांसद, स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुख मतदान स्थलमा आइसकेका छन्। प्रदेश २ मा राष्ट्रियसभा निर्वाचनका १०७ प्रदेश सांसद र १३६ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी जम्मा ३ सय ७९ मतदाता छन्।

प्रदेश २ मा राष्ट्रिय सभाको चार सदस्यका लागि हुनगइरहेको निर्वाचनमा ८ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचनमा नेकपासँग राजपा र कांग्रेससँग समाजवादीले छुट्टाछुट्टै गठबन्धन गरी उम्मेदवारी दिएका छन्। महिला एकपदको लागि हुने निर्वाचनमा नेकपाको तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली कांग्रेसको तर्फबाट नगिना यादव मैदानमा छन्। दलित एक पदका लागि हुने चुनावको लागि नेकपाको तर्फबाट राधेश्याम पासवान र समाजवादी पार्टीको तर्फबाट रामपृत पासवान प्रतिस्पर्धा हुने छ।

अल्पसंख्यक १ पदको लागि नेपाली कांग्रेसबाट भोला पञ्जियार र राजपाबाट शेखरकुमार सिंहले उम्मेदवारी दिएका छन् भने अन्य १ पदको लागि हुने निर्वाचनमा समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंह चुनावी मैदानमा छन्।

बिहीबार बिहान १० बजेदेखि सुरु भएको मतदान अपराहन्न ४ बजेसम्म चल्ने राष्ट्रियसभा निर्वाचन कार्यालय प्रदेश २ का निर्वाचन अधिकृमत राजुकुमार खतिवडाले बताए।

निर्वाचन पश्चात साँझमै मतगणना हुने उनले जानकारी दिए। मतदानको लागि वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ। मतदान केन्द्र भित्र मोबाइल प्रवेश निषेध गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .