अर्घाखाँची सिमेन्टले दुई महिनादेखि जारी ‘धन वर्षा’ योजनाको समयावधि केही समयका लागि थप गरेको छ।
बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै अर्घाखाँची सिमेन्टले ग्राहकले देखाएको सद्भाव तथा ‘धन वर्षा’ योजनामा भइरहेको उत्साहजनक सहभागितालाई सम्मान गर्दै यस ‘स्योर सट’ नगद उपहार योजनालाई केही समयमा लागि निरन्तरता दिने जनाएको हो।
‘नव निर्माणमा धनको बहार, अर्घाखाँचीमा करोडौँ उपहार’ नारा दिइएको यस योजना अर्घाखाँची सिमेन्टलले स्थापनाको पाँचौँ वर्षको उपलक्ष्यमा मंसिर ८ गतेदेखि माघ ८ सम्मका लागि ल्याएको थियो।
कम्पनीले यस योजनाअन्तर्गत समयावधि बाहेक अन्य शर्तहरु केही पनि परिवर्तन नभएको जनाएको छ।

यस योजनाअन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपीसी वा पीपीसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क्र्याच कुपन पाउनेछन् जसलाई स्क्र्याच गरी उपभोक्ताहरुले रु १०० देखि १ लाखसम्मको स्योर सट नगद उपहार पाउनेछन्।
यसरी पाउने नगद उपहारमा नेपाल सरकारको नियमानुसार लाग्ने कर बिजेताले नै तिनुपर्ने कम्पनीले जनाएको छ।
देशैभरी लागू हुने यस योजनाअन्तर्गत भाग्यशाली विजेताले डिलर वा हार्डवयेरमार्फत सिमेन्ट खरिद गर्दाकै समयमा स्योर सट नगद उपहार प्राप्त गर्नेछन्।
‘यस योजनाअन्तर्गत हामीले हाम्रा उपभोक्ता महानुभावहरुबाट पाएको साथ, सद्भाव एवं विश्वासप्रति हामी निकै हर्षित छौं। उहाँहरुसँगको सम्बन्धलाई थप सुदृढ गर्न यस योजनाको समयावधि थपिएको हो’, कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले भने।

प्रतिक्रिया