ad ad

राजनीति


१८ राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशमा मतदान जारी

१८  राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशमा मतदान जारी

नेपालखबर
माघ ९, २०७६ बिहिबार ५:४४,

राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान जारी रहेको छ।

कूल सदस्य मध्ये १८ पदका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको हो। मतदान दिउँसो ४ बजेसम्म जारी रहनेछ।

प्रदेश १ का लागि विराटनगरको वीरेन्द्र सभागृह, २ का लागि जनकपुरको महेन्द्र नारायण स्मृति भवन, बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन, गण्डकी प्रदेशका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ का लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशकालागि जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका मतदाताका लागि दीपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविलाई मतदान केन्द्र तोकिएको छ।

प्रदेशगत रूपमा सम्बन्धित प्रदेशको प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतबाट राष्ट्रिय सभा सदस्य चुनिनेछन् ।मतदान सकिएको दुई घण्टाभित्रै परिणम आउने निर्वाचन आयोगले जनाएको छ।

५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसद्को पदावधि यही फागुन २० मा समाप्त हुँदैछ । तीमध्ये राष्ट्रपतिबाट मनोनित एक जनाको पनि समयावधि सकिन लागेकाले आज १८ सिटका लागि चुनाव हुने र एक जना भने राष्ट्रपतिबाट मनोनित हुनेछन्।

बागमती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गरेका छन्।

यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन-तीन जनाका दरले छ जनाको उम्मेदवारी रहेको छ। प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .