ad ad

समाज


भ्रष्टाचार नियन्त्रणमा नेपालले पायो ३ अंक बढी, चीन र भारत ८०औं स्थानमा

भ्रष्टाचार नियन्त्रणमा नेपालले पायो ३ अंक बढी, चीन र भारत ८०औं स्थानमा

नेपालखबर
माघ ९, २०७६ बिहिबार ५:४६,

नेपालले यसवर्ष भ्रष्टाचार नियन्त्रणमा केही सुधार गरेको ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) द्वारा बिहीबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचका‌ंक २०१९ ले देखाएको छ।

‘सीपीआई २०१९ मा नेपालका लागि समाविष्ट विभिन्न ६ संस्थाले गरेका सर्वेक्षणका विविध आयाममध्ये सार्वजनिक पदको दुरुपयोगमा भ्रष्टाचार विरोधी निकायहरुको कारबाही, न्यायपालिकाका काम–कारबाही, कर असुली सम्बन्धित निर्णयहरू, सुरक्षा निकायहरु खासगरी नेपाली सेनामा सदाचारको पहल लगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणहरुले नेपालको स्कोरमा केही सुधार आएको सर्वेक्षणले ईंकित गरेको देखिन्छ,’ ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

‘तर पनि सरकारको भ्रष्टाचार विरोधी प्रतिवद्धता अनुरुप कार्यान्वयन नहुनु, सार्वजनिक क्षेत्र र व्यापार व्यवसायमा भ्रष्टाचार र अधिकारको दुरुपयोग यथावत रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राज्य सञ्चालनमा सीमित समुहको पकड रहनु, राजनीतिक क्षेत्र भ्रष्टाचार नियन्त्रणमा गम्भीर नहुनुजस्ता दीर्घकालीन समस्याहरुमा सुधार हुन सकेको छैन। यसकारण सुचकांकमा केही सुधारका बावजुद नेपाल भ्रष्टाचार व्याप्त रहेका मुलुकहरूको श्रेणीमै रहेको छ ।’

विगत १ वर्षमा (सन् २०१८/१९) विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट, र भीडीईएमसमेत गरी ६ वटा संस्थाका सर्वेक्षणका आधारमा सीपीआई २०१९ मा नेपाललाई १०० मा ३४ अंक दिइएको छ।

गतवर्ष यस सूचीमा नेपालको अंक ३१ रहेको ट्रान्सपरेन्सीले जनाएको छ।

सीपीआई २०१९ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान ६८ अ‌क प्राप्त गरी २५औं स्थान, भारत ४१ अंकप्राप्त गरी ८०औं स्थान, श्रीलंका ३८ अंक प्राप्त गरी ९३औं स्थान, नेपाल ३४ अ‌ंक प्राप्त गरी ११३औं स्थान, पाकिस्तान ३२ अंकप्राप्त गरी १२०औं स्थान, मालदिभ्स २९ अंक प्राप्त गरी १३०औं स्थान, ब‌ंगलादेश २६ अंक प्राप्त गरी १४६औं स्थान र अफगानिस्तान १६ अंक प्राप्त गरी १७३औं स्थानमा रहेका छन्।

छिमेकी मुलुक चीनले ४१ अंक प्राप्त गरी ८०औं स्थानमा रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .