ad ad

राजनीति


एमसीसीबारे १२ बुँदे व्याख्यात्मक घोषणा कागजको खोस्टो मात्रै : केपी ओली

एमसीसीबारे १२ बुँदे व्याख्यात्मक घोषणा कागजको खोस्टो मात्रै : केपी ओली

विराटनगर विमानस्थलमा अध्यक्ष ओलीसहितका नेताहरु


नेपालखबर
भदौ १३, २०८० बुधबार १३:६, विराटनगर

प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे नेपालमा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणाको अर्थ नरहेको बताएका छन्।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले तत्कालीन सत्तापक्षले जनता झुक्याउन व्याख्यात्मक घोषणा पास गरे पनि एमसीसीले त्यसलाई नमान्ने बताए।

तर अध्यक्ष ओलीले एमसीसीलाई नेपालको संसदले अनुमोदन गरिसकेकाले कार्यान्वयनमा जाने बताए। 

‘संसद्ले‍ अनुमोदन गरेको कुरा अब कार्यान्वयनमा जान्छ’, सिराहाको विष्णुपुरमा बुधबार राखिएको सचिवालय बैठकमा जाने क्रममा अध्यक्ष ओलीले ओलीले विराटनगर विमानस्थलमा भने, ‘त्यो १२ बुँदे घोषणा भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो सत्तापक्षले नेपाली जनतालाई दिएको धोका मात्रै हो, त्यो धोकाको एउटा प्रमाण हो।’

ओलीले एमसीसीबारे तत्कालीन सरकारले जनतालाई ढाँटेको आरोप पनि लगाए। तत्कालीन प्रधानमन्त्रीदेखि परराष्ट्र मन्त्रीसम्मले १२ बुँदे व्याख्यात्मक घोषणा भनेर नेपाली जनतालाई ढाँटेको आरोप पनि उनले लगाए। ओलीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नाम भने लिएनन्। 

‘तत्कालीन सरकारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले सांसदलाई धोका दिनुभयो, झुट बोल्नुभयो। प्रभाव पारेर पास गराउने गलत बाटोमा जानुभयो,’ ओलीले भने, ‘पहिला नै पास गर्दा ठीक हुन्छ? हुँदैन भनेर छलफल गर्नुपर्थ्यो। तर त्यसो भएन।’

अमेरिकाले पहिले नै १२ बुँदेबारे आफूहरुलाई सरोकार नभएको जवाफ दिइसकेको पनि ओलीले दाबी गरे। 

मंगलबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको टिप्पणी बनाउने-नबनाउने भनेर एमसीसीका अधिकारीसँग जानकारी मागिने उल्लेख गरेका थिए। 

बुधबारदेखि नै एमसीसी कार्यान्वयनमा जाँदैछ। त्यसकै लागि एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड मंगलबार नेपाल आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .