ad ad

Nepal Khabar TV


पाकिस्तानलाई उसकै भूमिमा नेपालले दिँदैछ टक्कर (भिडिओ ब्रिफिङ)


लक्ष्मी जि.सी
भदौ १३ , काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोलि (बुधबार) एसिया कपको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानसँग खेल्दैछ। 

पाकिस्तानस्थित मुलतान क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार अहिले दिउँसो सवा ३ बजे सुरु हुनेछ। 

नेपालको क्रिकेट इतिहासमा नेपाली टोलीले पहिलो पटक ओडीआई वरीयताको शीर्ष टोली पाकिस्तानसँग खेल्न लागेको हो।

नेपाल ओडीआई वरीयताको १५ औँ स्थानमा छ। पछिल्लो समय बलिङ र ब्याटिङ दुवैमा लयमा रहेको पाकिस्तानसँग नेपाल नयाँ रणनितिसहित मैदान उत्रने छ। 

इर्मजिङ एसिया कपमा नेपालले गरेको उत्कृष्ट प्रदर्शनले उत्साहित नेपाल पनि ब्याटिङ र बलिङ दुवैमा जादु देखाउन चाहान्छ। 

नेपालले भोलिको खेलमा टस जितेमा पहिले ब्याटिङ गर्ने सम्भावना छ। विश्व क्रिकेटको बलियो टोली पाकिस्तानसँग नेपालका ब्याटरहरु खुलेर खेल्ने कोसिमा हुनेछन्।

ओपनिङमा कुशल भुर्तेल र आशिफ शेखको जोडीले निरन्तरता पाउनेछ। तेस्रो नम्बरमा अर्जुन साउद र चौथोमा कप्तान रोहित आउन सक्छन्। विकेट किपरसमेत रहेका साउद सर्ट बल खेल्न सक्ने दक्षता राख्छन्। 

भदौ १३, २०८० बुधबार १३:१७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .