राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शम्शेर जबराले आफ्नो जिल्लाका व्यक्ति सभामुख हुने निश्चित भएको भन्दै खुसी व्यक्त गरेका छन्।
‘उहाँ सभामुख भएकोमा म खुसी छु, उहाँ हाम्रै जिल्लाको नेता हो । उहाँलाई बधाई दिन चाहन्छु,’ जबराले रिपोर्टर्स क्लबमा भने।
सभामुखमा नेकपाका अग्नि सापकोटाले मात्र उम्मेदवारी दर्ता गराएका छन्। अन्य कुनै दलले उम्मेदवारी नदिएपछि उनी सर्वसम्मत सभामुख बन्ने भएका छन्।
उनले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) राष्ट्रिय हित हेरेर लिनुपर्ने बताए। सरकारले सही बाटो नलिएको भन्दै उनले आलोचना गरे।
‘अहिलेको सरकारलाई जनताले अत्यन्तै ठूलो मौका दिएका थिए। तर, यो दुई वर्ष सरकारले सुवर्ण मौकाको दुरुपयोग गरेको छ,’ उनले भने, ‘बरु, यो बीचमा भ्रष्टाचार बढेको छ। मलाई त कता कता यो सरकारलाई के भान छ भने हामीसँग बहुमत छ, हामीले जे गरेपनि हुन्छ भन्ने मात चढेको छ।’

प्रतिक्रिया